INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद घटनाका कसुरदार गिरफ्तार

सिंजा गाउँपालिका–६ का २९ वर्षीय विवेन्द्र नेपालीलाई जातीय विभेद गरेको कसुरमा सोही ठाउँका ३२ वर्षीय नवीन बुढालाई प्रहरीले ०८१ भदौ ३१ गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी छेदीलाल कामतीका अनुसार २९ वर्षीय विवेन्द्र नेपालीले ०७८ असार २५ गते आफूलाई जातीय विभेद गरेको भन्दै तत्कालीन वडाध्यक्ष ५५ वर्षीय कालीबहादुर बुढा र उहाँका छोरा नवीन बुढा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । आरोपितहरूलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो ।

जिल्ला अदालतले पूर्व वडाध्यक्ष कालीबहादुरलाई सफाइ दिएको थियो भने नवीनलाई चार महिना कैद सजाय, २० हजार रुपियाँ जरिबाना र २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो । पीडितले सोही घटना ०७८ साउन २७ गते उच्च अदालत सुर्खेत, जुम्लामा मुद्दा दर्ता गर्नुभएको थियो । उच्च अदालतले ०८० जेठ १८ गते उक्त मुद्दामा फैसला गर्दै नवीन बुढालाई तीन महिना २० दिन कैद सजाय र २० हजार रुपियाँ जरिबाना भराउने फैसला गरेको थियो ।

उच्च अदालतको फैसलापछि नवीन फरार रहेको डिएसपी कामतिले बताउनु भयो । फरार नवीनलाई गिरफ्तार गरी जिल्ला अदालतमा बुझाएको र सोही दिन अदालतले सजाय भुक्तानका लागि जिल्ला कारागार कार्यालयमा पठाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कामतिले जानकारी दिनुभयो ।

अन्य

भिडियो