INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाकाको मुद्दा मुल्तबीमा

१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित औरही गाउँपालिका-३ का २१ वर्षीय संतोषकुमार राउत विरुद्धको मुद्दा जिल्ला अदालतले ०८१ भदौ ३० गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायधीश टेक बहादुर कार्कीको एकल इजलासले सो फैसला गरेको हो ।

आरोपितले बालिकालाई ०७८ पुस २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा पुस ४ गते उजुरी दिएका थिए । बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा पुस ४ गते भएको थियो ।

आरोपित विरुद्ध ०७९ मङ्सिर २८ गते जिल्ला अदालतमा अभियोग पत्र दायर भई वारेन्ट सहितको पक्राउ पुर्जी जारी भए तापनि आरोपित हाल सम्म गिरफ्तार भएका छैनन् ।

अन्य

भिडियो