१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १६ वर्षीय बालकलाई जिल्ला अदालतले भदौ ३१ गते ८ वर्ष ८ महिना कैद गर्ने फैसला गरेको छ ।
न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले बालकलाई ८ वर्ष ८ महिना कैद गरी ३ लाख ४१ हजार १ रुपियाँ जरिबाना गर्न फैसला गर्दै जरिबाना बापतको रकम पीडितलाई क्षतिपूर्ति दिनु भनिएको छ ।
पीडितलाई दिनुपर्ने रकम अदालतमा ३ महिनाभित्र नगद जम्मा गरेमा कसुरदारलाई चार वर्ष मात्र कैद गर्न र बाँकी कैद स्थगन गर्नका लागि फैसला भएको जिल्ला अदालतकी सूचना अधिकारी कविता प्रजापतिले जानकारी दिनु भयो ।
पीडितलाई ०८१ जेठ २१ गते बलात्कार गरेको भन्दै उजुरी परेपछि साउन ११ गते बालकलाई प्रहरीले गिरफ्तार गरेको थियो । जिल्ला अदालतमा साउन १७ गते दर्ता भएको मुद्दाका कसुरदारलाई साउन १८ गतेको जिल्ला अदालतको आदेशले बालसुधार गृह पठाइएको थियो ।