INSEC Online

📅 २०८३ जेष्ठ २१

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नारायण नगरपालिका–११, टाटामाखुस्थित रैनादेबी माविका प्रधानाध्यापक सन्तबहादुर खड्कालाई दुर्व्यवहार गरेको आरोपमा नारायण नगरपालिका–११, विन्ध्यवासिनीका ४२ वर्षीय चन्द्रबहादुर शाही, सोही ठाउँका १९ वर्षीय अनिल चन्द, २० वर्षीय रबि बडुवाल र १९ वर्षीय विपिन विकलाई प्रहरीले ०८१ भदौ २९ गते गिरफ्तार गरेको छ ।

पीडित प्रधानाध्यापकलाई आरोपितहरूले भदौ २८ गते विद्यालयमा अतिरिक्त क्रियाकलाप कार्यक्रम भइरहेको बेला मदिरा सेवन गरेर होहल्ला गरी हातपात र दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले भदौ २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितहरूलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् इन्स्पेक्टर शिवनारायण चौधरीले इन्सेकलाई जानकारी दिनुभयो ।

अन्य

भिडियो