INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

१३ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित सिरहा नगरपालिका-२ का २२ वर्षीय राकेश यादव विरुद्धको मुद्दा जिल्ला अदालतले ०८१ भदौ २४ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायधीश टेक बहादुर कार्कीको एकल इजलासले सो फैसला गरेको हो ।

आरोपितले बालिकालाई ०७८ कात्तिक ६ गते बलात्कार गरेको आरोपमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा मङ्सिर २० गते उजुरी दिएका थिए । बालिकाको स्वास्थ्य परीक्षण जिल्ला असपताल सिरहामा मङ्सिर २० गते भएको थियो ।

आरोपित विरुद्ध ०७९ कात्तिक ४ गते जिल्ला अदालतमा अभियोग पत्र दायर भई वारेन्ट सहितको पक्राउ पुर्जी जारी भए पनि आरोपित हाल सम्म गिरफ्तार भएका छैनन् ।

अन्य

भिडियो