INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले मेचीनगर नगरपालिका-१० का ३० वर्षीय अञ्जान गुरुङलाई तीन महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको ०८१ भदौ २५ गते इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको फैसला गरेको श्रेस्तेदार किरण सिंहले बताउनु भयो ।

१५ वर्षीया बालिकालाई ०८१ जेठ २३ गते यौन दुर्व्यवहार गरेको आरोपमा मेचीनगर नगरपालिका-१० का ३० वर्षीय अञ्जान गुरुङविरूद्ध पीडित पक्षले जेठ ३२ गते इलाका प्रहरी कार्यालय, धुलाबारीमा उजुरी दिएको थियो ।

प्रहरीले गुरूङलाई जेठ ३२ गते घरबाट गिरफ्तार गरी जिल्ला अदालतमा ०८१ असार २१ गते यौन दुव्र्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतको ०८१ असार २३ गतेको आदेशले १ लाख रुपियाँ धरौटी माग गरेको थियो । आरोपित सोही दिन धरौटी बुझाएर रिहा भएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल, भद्रपुरमा ०८१ जेठ ३२ गते गरिएको थियो ।

अन्य

भिडियो