INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

खोटाङ जिल्ला दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ घर भई ललितपुर महानगरपालिका–२४ धापाखेल मखुण्डोल बस्ने ३५ वर्षीया शशीकला राईको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय भक्तिराज राईलाई भदौ २४ गते गिरफ्तार गरेको छ ।

शशीकला राईको शव आफ्नै कोठामा ०८१ भदौ १२ गते फेला परेकोमा अनुसन्धान गर्दै जाँदा घटनामा पतिकै संलग्नता पाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी एवम् प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिनु भयो ।

शवको पोष्टमार्टम भदौ १३ गते पाटन अस्पतालमा गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रवि शाक्यले जानकारी दिनु भयो ।

अन्य

भिडियो