INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लालबन्दी नगरपालिका-१६ का २८ वर्षीय दिलबहादुर घलानविरुद्ध पीडित पक्षले ०८१ भदौ १७ गते इलाका प्रहरी कार्यालय लालबन्दीमा उजुरी दिनुभएको छ ।

घरमा कोही नभएको मौका छोपी ०८१ साउन २३ गते आरोपितले पीडित बालिकालाई धाक धम्की दिई बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित घलानविरुद्ध इलाका प्रहरी कार्यालय लालबन्दीमा उजुरी दिनु भयो ।

घटनापश्चात आरोपित घलानलाई भदौ १८ गते गिरफ्तार गरी भदौ १९ गते सर्लाही जिल्ला अदालतबाट तीन दिनको म्याद थप गराई अनुसन्धान प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ १७ गते प्रादेशिक अस्पताल मलंगवामा भयो ।

अन्य

भिडियो