INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बुटवल उपमहानगरपालिका–३, ज्योतिनगरका २९ वर्षीय सोमराज गुरुङलाई प्रहरीले ०८१ भदौ १७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ १६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले भदौ १७ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी विजयराज पण्डितले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ १६ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।

अन्य

भिडियो