INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला

२१ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रौतामाई गाउँपालिका-३ लाफागाउँका २७ वर्षीय भरत तामाङलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश दीपककुमार खरेलको ०८१ भदौ १६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै १ लाख ५० हजार रुपियाँ जरिबाना, २५ हजार रुपियाँ क्षतिपूर्ति र ६ हजार रुपिँया पीडित राहत कोषमा जम्मा गर्न आदेश भएको अदालतका श्रेष्तेदार भेषराज भट्टराईले बताउनु भयो ।

पीडित युवतीलाई ०७९ फागुन १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले ०७९ फागुन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई प्रहरीले फागुन २१ गते घरबाटै गिरफ्तार गरी जिल्ला अदालतमा चैत १३ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र इङ्नामको ०७९ चैत १४ गतेको आदेशले आरोपित पूर्पक्षका लागि थुनामा थिए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन २१ गते गरिएको थियो ।

अन्य

भिडियो