INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

१९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा कोटहीमाई गाउँपालिका–५ का ३५ वर्षीय बन्टी भन्ने शैलेशकुमार पाण्डे, कोटहीमाई गाउँपालिका–५, तेलियाघाट घरभई कोटहीमाई गाउँपालिकामा कार्यरत उद्यम विकास सहजकर्ता २६ वर्षीय मुकेश चौधरी र कोटहीमाई गाउँपालिका–६, खजनी घरभई कोटहीमाई गाउँपालिकामा कार्यरत शिक्षा प्राविधिक सहायक ३२ वर्षीय मनोहर चौधरीलाई प्रहरीले ०८१ भदौ १५ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितहरूले भदौ ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितहरूलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहर प्रसाद भट्टले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ १५ गते भिम अस्पताल, भैरहवामा भयो ।

अन्य

भिडियो