INSEC Online

📅 २०८३ जेष्ठ २१

लघुवित्त तथा वित्तीय शोषण विरुद्ध प्रदर्शन, ६ जना गिरफ्तार

लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिले रामगोगालपुर नगरपालिका-५ स्थित फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था शाखा कार्यालयमा ०८१ भदौ १२ गते प्रदर्शन गरेको छ ।

लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले असार १६ गतेदेखि वित्तीय संस्थाहरुविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको थियो ।

प्रदर्शनको क्रममा कार्यालयका महत्तवपूर्ण कागजात जलाउनुका साथै तोडफोड समेत गर्दा लघुवित्तका कर्मचारीहरू रोक्ने प्रयास गर्दा दुई पक्षबी झडप भएको थियो ।

झडपको क्रममा प्रहरीले ६ जना महिलालाई गिरफ्तार गरेको छ । कार्यालयभित्रै पसि अराजक तरिकाले कागजातहरू खोसेर आगो लगाएको आरोपमा रामगोगालपुर नगरपालिका-९ खोपीका ५० वर्षीया सिवोदेवी महतो, ३५ वर्षीया गिता देवी मण्डल, २७ वर्षीया रेणुदेवी मण्डल, ३२ वर्षीया गितादेवी मण्डल, ४५ वर्षीया सितोदेवी बैठा र ४४ वर्षीया सुखामा देवीविरुद्ध शाखा मैनेजर ओम प्रकाश मेहताले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तुलाल जयसवालले बताउनु भयो ।

यता संघर्ष समितिका जिल्ला अध्यक्ष सिलम यादवले उजुरी फिर्ता लिन र थुनामा राखिएका महिलाहरूलाई सिघ्र रिहा गर्न माग गर्नु भयो । साथै नछोडे फेरि पनि वित्तीय कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय घेराउ गरी विरोधको सशक्त कार्याक्रम गर्ने चेतावनी दिनु भयो ।

अन्य

भिडियो