४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पलाता गाउँपालिका–२ का ४८ वर्षीय जन्म जैशी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ भदौ १३ गते उजुरी दर्ता भएको छ ।
पीडित महिलालाई आरोपितले साउन १५ गते साँझ घर नजिकैको बारीमा बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । फरार आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् इन्स्पेक्टर पोषण थापाले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ १३ गते जिल्ला अस्पतालमा भयो ।