न्यायको माग गर्दै बर्दियाका बेपत्ता पारिएका व्यक्तिको परिवारद्वारा र्याली प्रदर्शन गरेका छन् । बलपूर्वक बेपत्ता बनाउने कार्य विरुद्ध गुलरियामा ०८१ भदौ १४ गते बेपत्ता पारिएका व्यक्तिका परिवारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको कार्यशैलीले आफूहरू निराश भएको भन्दै र्याली प्रदर्शन गरेका हुन् ।
आयोगले पाएको जिम्मेवारी सुरुबाट नै गर्न नसकेको र पछिल्लो पटक पाएको थप समय पनि केही नगरी बिताउन थालेको गुनासो पीडितहरूले गरेका छन् ।
बेपत्ता पारिएका व्यक्तिको परिवारले छानबिन आयोगले सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका आफन्तलाई सकारात्मक अनुभूति दिलाउने गरी काम गर्न सकेको छैन । २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको अवस्था ६० दिन भित्र सार्वजनिक गर्ने उल्लेख भएतापनि हालसम्म पनि सार्वजनिक नभएकोप्रति पीडित परिवारले दुख व्यक्त गर्दै सडकमा आएका हुन् ।













