INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते

पथरीशनिश्चरे नगरपालिका-९ की १७ वर्षीया बालिका जस्ना राई शिक्षकको कुटपिटबाट भदौ १३ गते घाइते भएको पीडित पक्षले आरोप लगाएको छ ।

पथरीशनिश्चरे नगरपालिका-९ स्थित  श्री सिंहवाहिनी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बालिकालाई ०८१ भदौ १३ गते कुटपिट गरी घाइते बनाएको पीडित पक्षको आरोप छ ।

विद्यालय समयमा कक्षाकोठामा विद्यार्थीविद्यार्थीबिच विवाद भएको र सोही विवाद मिलाउने क्रममा शिक्षक पवन राईले बालिकालाई प्लाष्टिकको पाइपले कुटपिट गरेको पीडित विद्यार्थीको भनाइ छ ।

घटनाका आरोपितविरूद्ध पीडित पक्षले भदौ १३ गते इलाका प्रहरी कार्यालय, पथरीमा उजुरी दिएपछि शिक्षकलाई तत्कालै गिरफ्तार गरिएको डिएसपी मोहनविक्रम दाहालले बताउनु भयो ।

शिक्षकको कुटपिटबाट पाखुरामा चोट लागेकी बालिकाको स्थानीय स्वास्थ्य संस्थामा भदौ १३ गते उपचार गरिएको छ ।

घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

नेपालको संविधानले धारा ३९ मा बालबालिकाको हकको व्यवस्था गरेको छ ।

सोही धाराको उपधारा ७ मा कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारिरीक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन भनि उल्लेख गरिएको छ ।

अन्य

भिडियो