INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

बलात्कार घटनाका फरार आरोपित मटिहानि नगरपालिका-९ धिरापुरका ३७ वर्षीय कैसर राइनलाई ०८१ भदाै ११ गते मटिहानी बजारबाट मटिहानी प्रहरी चौकिले गिरफ्तार गरी साेही दिन जिल्ला प्रहरी कार्यालय महाेत्तरीलाई जिम्मा लगाएको छ ।

आराेपितले ०८० असोज २५ गते २९ वर्षीया महिलालाई बलात्कार गरेकाे भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कात्तिक १६ गते उजुरी दिनुभएकाे थियो । ०८० माघ ९ गते जिल्ला अदालत महोत्तरीमा मद्दा दर्ता भएको थियो ।

जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८१ असार २५ गतेकाे इजलासले  आराेपितलाई कसुरदार ठहर गर्दै ३ लाख ५० हजार रुपियाँ जरिवाना र ६ वर्ष ११ महिना ८ दिन कैद सजायको फैसला गरेको श्रेष्तेदार नुतन झाले बताउनुहुँदै भदौ ११ गते जलेश्वर कारागार पठाएको जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण ०८० असोज २७ गते प्रादेशिक अस्पताल जलेश्वरमा भएको थियो ।

अन्य

भिडियो