INSEC Online

📅 २०८३ श्रावण ६

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणित

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग  (टीआरसी) (तेस्रो संशोधन) विधेयक २०८१, राष्ट्रपति रामचन्द्र पौडेलले ०८१ भदौ १३ गते प्रमाणित गर्नु भएको छ ।

संघीय संसदको दुवै सदनबाट पारित भएको सो विधेयक सभामुख देवराज घिमिरेले प्रमाणिकरणको लागि भदौ १२ गते राष्ट्रपतिको कार्यालयमा पठाउनु भएको थियो ।

राष्ट्रपतिबाट प्रमाणित उक्त विधेयक अब राजपत्रमा प्रकाशित भएपछि लागु हुने व्यवस्था संविधानले गरेको छ ।

यस अघि प्रतिनिधिसभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक साउन ३० गते पारित भएको थियो भने राष्ट्रिय सभाबाट भदौ ६ गते सर्वसम्मतिले पारित भएको थियो ।

विधेयक नहुँदा सरकारले आयोगको म्याद पटकपटक थप गरे पनि २०७९ सालदेखि आयोगहरू पदाधिकारी विहीन थिए ।

अन्य

भिडियो