INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१३ वर्षीय बालकलाई बेचबिखन प्रयास गरेको आरोपमा गोडैता नगरपालिका-२ जयपुरका ३४ वर्षीय महेन्द्र यादवलाई ०८१ भदौ १२ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ ।

पीडित बालकलाई आरोपितले ०८१ भदौ ९ गते नयाँ कपडा, नगद ५ सय रुपियाँ र रोजगारीको प्रलोभन दिई भारतको उडिसा राज्य लग्दै गरेको पीडित बालकाका काकाले देखेर होहल्ला गरेपछि आरोपितले बालकलाई नेपाल भारत सीमामा छाडी भारत तर्फ फरार भएको पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवालाई जानकारी गराएको डिएसपी दिपक श्रेष्ठले बताउनु भयो ।

आरोपितविरुद्ध भदौ ११ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा उजरी दिनुभयो भने भदौ १२ गते आरोपितलाई उनकै घरबाट गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाएको डिएसपी श्रेष्ठले बताउनु भयो ।

अन्य

भिडियो