INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा परिवर्तन गाउँपालिका–४, काफलबोटका ५८ वर्षीय डम्मरबहादुर पुनलाई प्रहरीले ०८१ भदौ १० गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले भदौ ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ११ गते इलाका प्रहरी कार्यालय, घर्तिगाउँमा उजुरी दिएको थियो । आरोपितलाई प्रहरीले गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केशबराज बराकोटीले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ ११ गते जिल्ला अस्पताल, रेउघामा भयो ।

अन्य

भिडियो