१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका-८ का २९ वर्षीय बिले भनिने भविन कार्कीविरुद्ध पीडित पक्षले ०८१ भदौ १२ गते इलाका प्रहरी कार्यालय केशरगञ्जमा उजुरी दिनुभएको छ ।
घरमा कोही नभएको मौका छोपी ०८१ साउन ४ गते आरोपितले पीडित बालिकालाई धाक धम्की दिई बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित कार्कीविरुद्ध इलाका प्रहरी कार्यालय केशरगञ्जमा उजुरी दिनु भयो ।
घटनापश्चात आरोपित फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय केशरगञ्जका इन्स्पेक्टर रामप्रवेश यादवले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ १२ गते प्रादेशिक अस्पताल मलंगवामा भयो ।