INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक र सिटिइभिटीबिच मानव अधिकारसम्बन्धी पाठ्यक्रम निर्माणका लागि सम्झौता

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र व्यवसायिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी) बिच मानव अधिकारसम्बन्धी पाठ्यक्रम निर्माणका लागि सम्झौता भएको छ ।

Photo20240828 CTEVT Bhaktapur-01

यस अघि इन्सेक र सिटिइभिटीबीच २०८० साउन १९ गते मानव अधिकारसम्बन्धी तालिमका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । समझदारी कार्यान्वयनका क्रममा पाठ्यक्रम निर्माणका लागि इन्सेक र सिटिइभिटी बीच २०८१ भदौ ११ गते सम्झौता भएको हो ।

पाठ्यक्रम निर्माणका लागि भएको सम्झौता पत्रमा इन्सेकका अध्यक्ष डा‍‍. कुन्दन अर्याल र सिटिइभिटीका तर्फबाट निर्देशक विनोद बडालले हस्ताक्षर गर्नु भएको छ।

अन्य

भिडियो