१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४१ वर्षीय पीडितका बुबालाई प्रहरीले ०८१ भदौ ९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले विगत चार वर्षदेखि निरन्तर रूपमा बलात्कार गर्दै आएको र अन्तिम पटक भदौ ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ६ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी विजयराज पण्डितले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ ६ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।