INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका फरार आरोपित हाजिर

बलात्कार घटनाका फरार आरोपित सम्सि गाउँपालिका-२ पर्साका ५३ वर्षीय शेष मोहम्मद ०८१ भदौ ६ गते महोत्तरी जिल्ला अदालतमा हाजिर भएका छन् ।

आराेपितले ०७७ कात्तिक ७ गते २५ वर्षीया महिलालाई बलात्कार गरेकाे भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय गौशालामा मङ्सिर २५ गते उजुरी दिनुभएकाे थियो । ०८० चैत १ गते जिल्ला अदालत महोत्तरीमा मद्दा दर्ता भएको थियोे ।

जिल्ला अदालत महोत्तरीले ०८१ असार २१ गते आराेपितलाई एक हजार रुपियाँ जरिवाना र सात वर्ष कैद सजायको फैसला गरेको श्रेष्तेदार नुतन झाले बताउनुहुँदै भदौ ६ गतेदेखि आराेपितलाई पुर्पक्षका लागि जलेश्वर कारागार पठाएको जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल जलेश्वरमा ०७७ मङ्सिर २५ गते भएको थियोे ।

अन्य

भिडियो