हुलाकी राजमार्ग अन्तरगत सिरहा र धनुषा जिल्ला जोड्न सक्ने नयाँ पुल कमला नदीमा निर्माण गर्न माग गर्दै ०८१ भदौ ४ गतेदेखि जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशनमा बस्नु भएका ईन्जिनियर प्रविण कुमार यादव नेतृत्वको १० जनाको पुल निर्माण संघर्ष समिति र मधेस प्रदेश सरकारबीच भदौ ७ गते सहमति भएको छ ।
नयाँ पुल निर्माण संघर्ष समिति सिरहा धनुषा र मधेस प्रदेश सरकारबीच भएको सहमति पत्रमा नयाँ कमला पुलको निर्माण गरिने, नयाँ कमला पुलका लागि आवश्यक बजेट आ.व. २०८२\०८३ को वार्षिक बजेट संघ सरकारबाट राख्न पहल गर्ने नभए सम्पूर्ण बजेट मधेस प्रदेश सरकारको श्रोतबाटै व्यहोर्ने, ०८१ मङ्सिर १ गते भित्र पुल निर्माणको डिपिआर का तयारीका लागि बोलपत्र आह्वान गरिने, नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा धनुषाको संघर्षका सम्पूर्ण कार्यक्रम आज भदौ ७ गतेबाट स्थगित गरिने भनि उल्लेख गरिएको छ ।
