INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले जहदा गाउँपालिका-३ का १९ वर्षीय राजनकुमार मलाहालाई १८ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद पौडेलको ०८१ भदौ ७ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ७ लाख रुपियाँ जरिबाना र पीडितले पाउने गरी कसुरदारबाट २० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी हेम बुढाथोकीले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७९ असोज ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले ०७९ असोज ३० गते गिरफ्तार गरी जिल्ला अदालतमा ०७९ कात्तिक २३ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका तत्कालीन न्यायाधीश ध्रुवराज कार्कीको ०७९ कात्तिक २७ गतेको इजलासले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा ०७९  असोज ३१ गते गरिएको थियो ।

अन्य

भिडियो