INSEC Online

📅 २०८३ जेष्ठ २१

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पारित गरेको छ।

राष्ट्रिय सभाको भदौ ६ गते बसेको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ सभाबाट सर्वसम्मतिले पारित गरेको राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले जानकारी दिनु भयो ।

सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय सभाको बैठकमा विधेयक प्रस्तुत गर्नु भएको थियो । मन्त्री चौरसियाको प्रस्तावलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गर्नु भयो ।

प्रतिनिधिसभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक साउन ३० गते पारित भएको थियो । प्रतिनिधि सभाको साउन ३० गतेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राख्नुभएको प्रस्ताव बहुमतबाट पारित भएको हो ।

अन्य

भिडियो