INSEC Online

📅 २०८३ जेष्ठ २२

शिक्षकको कुटपिटबाट बालिका घाइते

शिवसताक्षी नगरपालिका-१० की ६ वर्षीया बालिका अञ्जली गुरूङलाई क्लास वर्क नगरेको आरोपमा शिक्षकले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।

शिवसताक्षी नगरपालिका-१० स्थित बाल निकुञ्ज माध्यमिक विद्यालयमा अध्ययनरत ६ वर्षीया बालिका अञ्जली गुरूङलाई नेपाली विषयमा शिक्षक हेतिराज निरौलाले भदौ ५ गते कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

शिक्षकले क्लास वर्क गर्न लगाउँदा अञ्जलीले आउँदै भनेपछि शिक्षक निरौलाले प्लाष्टिको पाइपले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

कुटपिटबाट कम्मरमा तीन ओटा घाउ लागेकी बालिकाको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ ।

विद्यालयका प्रधानाध्यापक भवानी थापाले शिक्षकले बालिकालाई कुटपिट गरेको विषयमा छानविन गरी कारबाही गर्ने बताउनु भयो ।

कुटपिटबाट घाइते भएकी बालिकालाई विद्यालयले एम्बुलेन्समा राखेर अस्पताल लगेको प्रधानाध्यापक थापाको भनाइ छ ।

अन्य

भिडियो