INSEC Online

📅 २०८३ जेष्ठ २१

समाचारका विषयमा प्रधान सम्पादकलाई धम्की

सूर्यदर्शन वचत तथा ऋण सहकारीका पीडित बताउने समूहले जिल्ला अदालत कास्की अगाडि ०८१ भदौ ५ गते समाचारका विषयमा  समाधान दैनिक पत्रिकाका प्रधान सम्पादक रामकृष्ण ज्ञवालीलाई धम्की दिनुका साथै  पत्रिका जलाएका छन्  । ‘जीबी राईको ‘कुकर्म’को सिकार भएका अनुज’ शीर्षकमा समाधानले दैनिकले समाचार प्रकाशन गरेको थियो । पत्रिकामा अनुजका बालिग छोराको ६ लाख रुपियाँ डुबेको समाचार समाधान दैनिकले पहिलो पृष्ठमा प्रकाशन गरेको थियो।

समाचारकाे विषयलाई लिएर पत्रिकाका प्रधान सम्पादकलाई धम्किपूर्ण अभिव्यक्ति दिनु र पत्रिका जलाउनु स‌विधान विपरित र प्रेस एवम् अभिव्यक्ति स्वतन्त्रतामाथिकै आक्रमणकाे रुपमा लिनुका साथै यस्ता प्रकारका क्रियाकलापमा स‌लग्नहरुलाई पहिचान गरी यथाशीघ्र कानुनी दायरामा ल्याउन नेपाल पत्रकार महास‌‌घ गण्डकी प्रदेश समिति सम्बन्धित निकायसँग जाेडदार माग गर्दछ प्रेस विज्ञप्तीमा भनिएकाे छ ।

त्यसैगरी समाचारमा चित्त नबुझेमा खण्डन छाप्ने र कानुनी उपचार खोज्ने बाटो हुँदाहुँदै पत्रिका जलाउनु र पत्रिकाका प्रधान सम्पादकलाई धम्कीपूर्ण भाषा बोल्नु प्रेस स्वतन्त्रता र पत्रकारिता माथिकै आक्रमण भएको भन्दै पत्रकार महासंघ कास्की शाखाले विज्ञप्ति निकालेर विरोध जनाएको छ ।

आगामी दिनमा यस्ता गतिविधि नदोहोर्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै पत्रकार र सञ्चार गृहलाई निर्वाध रुपमा काम गर्ने वातावरण मिलाउन स्थानीय प्रशासनसँग जोडदार माग गर्दछ विज्ञप्तिमा उल्लेख छ ।

अन्य

भिडियो