INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नीमाथि खुकुरी प्रहार, आरोपित गिरफ्तार

कानेपोखरी गाउँपालिका-७ की ३० वर्षीया कविता तामाङलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ३३ वर्षीय पति हिराधन तामाङलाई गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा आरोपितले ०८१ भदौ २ गते खुकुरी प्रहार गरी पत्नीलाई घाइते बनाएको अस्थायी प्रहरी चौकी, कानेपोखरीका असइ राजेशकुमार श्रेष्ठले बताउनु भयो ।

पत्नीलाई खुकुरी प्रहार गरी फरार भएका आरोपितलाई भदौ २ गते राति गिरफ्तार गरिएको असइ श्रेष्ठले बताउनु भयो ।

खुकुरी प्रहारबाट दुवै हत्केलामा गहिरो चोट लागेकी घाइते हुनु भएकी पीडितको विराटनगर महानगरपालिका-४ स्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ ।

अन्य

भिडियो