२३ वर्षीया महिलालाई साउन ३२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले तामाकोशी गाउँपालिका-२ का ३४ वर्षीय सुरेश तमाङविरूद्ध भदौ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको छ ।
पीडित पक्षले दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई प्रहरीले भदौ १ गते आरोपितको घरैबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जीवन श्रेष्ठले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ परीक्षण पशुपति चौलागाईं स्मृति अस्पताल, चरिकोटमा भदौ १ गते गरिएको छ ।