INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्ष कैद सजायको फैसला

४८ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले आमचोक गाउँपालिका-८ दिग्ङलापुका ४८ वर्षीय मकनसिंह राईलाई तीन वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाको ०८१ साउन ३१ गतेको इजलासले यौन दुर्व्यवहार गरेको कसुरमा कैद सजायसँगै १ लाख ५० हजार रुपियाँ जरिवाना भराउन आदेश भएको अदालतका श्रेस्तेदार मोहनप्रसाद घिमिरेले बताउनु भयो ।

पीडित महिलालाई आरोपितले ०८० असोज १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरी जिल्ला अदालतमा ०८० कात्तिक २० गते यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्ययाधीश मणिराम न्यौपानेको ०८० कात्तिक २० गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८० असोज २९ गते गरिएको थियो ।

अन्य

भिडियो