१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बागमती नगरपालिका-१ का ३१ वर्षीय दिलिप कार्कीलाई सर्लाही जिल्ला अदालतले ०८१ साउन ३१ गते नौ वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश सुर्यबहादुर थापाको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै नौ वर्ष कैद सजाय र ३५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिने गरी मुद्दाको फैसला गरेको श्रेस्तेदार सदन अधिकारीले जानकारी दिनुभयो ।
पीडित बालिकालाई आरोपितले ०८० असोज २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध मङ्सिर ७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको थियो र जिल्ला प्रहरी कार्यालयाले मंङ्सिर ११ गते उजुरी दर्ता गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण ०८० मंङ्सिर ११ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।