२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इनरूवा नगरपालिका-४ का ३० वर्षीय मुकेश मण्डललाई साउन ३० गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०८१ साउन २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीनकृष्ण भण्डारीले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन २९ गते गरिएको छ ।