२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बृन्दावन नगरपालिका-८ का २३ वर्षीय वालमिकि सहनीलाई इलाका प्रहरी कार्यालय गरुडाले ०८१ साउन २९ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले साउन २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २६ गते इलाका प्रहरी कार्यालय गरुडामा उजुरी दिएको डिएसपी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
उक्त उजुरीको आधारमा आरोपित सहनीलाई गिरफ्तार गरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई घटनाको अनुसन्धान गरिरहेको डिएसपी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण साउन २६ गते प्रादेशिक अस्पताल गौरमा भयो ।