१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले दिक्तेल रूपाकोट मझुवागढी-११ का १३ वर्षीय बालकलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको ०८१ साउन ३० गतेको इजलासले बालविज्याईँ गरेको कसुरमा कैद सजायसँगै ३ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति र १४ हजार रुपियाँ पीडित राहत कोषमा कसुरदारबाट भराउन आदेश भएको अदालतका श्रेस्तेदार सीताराम खड्काले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०८० असार १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले असार १ गते गिरफ्तार गरी जिल्ला अदालतमा ०८० असार १८ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश सुवासबाबु पुरीको असार १८ गतेको आदेशले आरोपित पुर्पक्षका लागि बाल सुधार गुहमा थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८० असार १ गते गरिएको थियो ।