सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई कात्तिक १० गते बिहान प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले दिएको मौखिक उजुरीका आधारमा अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बेलचौताराका इन्स्पेक्टर राजेन्द्र अधिकारीले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १० गते दमौली अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।