गौर नगरपालिका-५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्र महत्तोको ०८१ साउन २९ गते अपरिचित व्यक्तिले हत्या गरेको छ ।
शव मृतकको घरदेखि दुई सय मिटर पूर्व धान खेतमा साउन ३० गते फेला परेको र बृद्धलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालयका एसपी दिलिप घिमिरेले जानकारी दिनु भयो ।
शव पोष्मार्टमका लागि साउन ३० गते प्रादेशिक अस्पताल गौर लगिएको एसपी घिमिरेले बताउनुहुँदै घटना बारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनु भयो ।