INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सुन्दरहरैँचा नगरपालिका-१० बाघझोडाकी ४१ वर्षीया पवित्रा फुँयाल (नेपाल)को हत्या गरेको आरोपमा प्रहरीले  ५८ वर्षीय पति लक्ष्मण नेपाललाई साउन २७ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा आरोपितले ०८१ साउन २७ गते पत्नीलाई खुकुरी प्रहार गरी हत्या गरेको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए ।

अशं विवादमा आरोपितले साउन २७ गते पत्नीलाई खुकुरी प्रहार गरी घाइते बनाएको र उपचारका लागि विराटनगर महानगरपालिका-४ स्थित नोवेल अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनु भयो ।

अशं विवादमा पवित्राले पतिविरूद्ध अदालतमा सम्बन्ध विच्छेद, घरेलु हिंसा र माना चामल शीर्षकमा मुद्दा दर्ता गरेको र सो मुद्दामा मिलापत्र समेत भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको डिएसपी बस्नेतले बताउनु भयो ।

जग्गा संयुक्त नाममा हुने र आगामी दिनमा मिलेर बस्ने गरी ०८१ साउन १० गते अदालतमा मिलापत्र भएको अनुसन्धानका क्रममा खुलेको डिएसपी बस्नेतले बताउनु भयो ।

अदालतमा मुद्दामा मिलापत्रपछि भएपछि झगडा नगरी मिलेर बस्ने भनि लक्ष्मणले पत्नीलाई घरमा बोलाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको डिएसपी बस्नेतले बताउनु भयो ।

शवको पोष्टमार्टम कोशी अस्पतालमा साउन २८ गते गरिएको छ ।

पीडित पक्षले शव बुझी सुन्दरहरैँचा नगरपालिका-१० घाटमा सद्गत गरेको छ ।

अन्य

भिडियो