INSEC Online

📅 २०८३ जेष्ठ २१

याैन दुर्व्यवहार घटनाका आराेपित गिरफ्तार

१५ वर्षीया बालिकालाई याैन दुर्व्यवहार गरी फरार रहेका आरोपित कर्जन्हा नगरपालिका-४ का २२ वर्षीय सुसिल सदालाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८१ साउन २६ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई ०८० भदौ १४ गते यौन दुर्व्यवहा गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा भदौ १५ गते उजुरी दिएका थिए ।

बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा भदौ १५ गते भएको थियो ।

घटना पछि फरार रहेका आराेपितलाई विशेष सूचनाकाे आधारमा गिरफ्तार गरकाे इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी पंचकुमार बाकुले बताए ।

अन्य

भिडियो