INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बुटवल उपमहानगरपालिका–१४ का ५७ वर्षीय शङ्कर रानालाई प्रहरीले ०८१ साउन २३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन २२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन २४ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दियो । पीडित पक्षले दिएको सोही उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी विजयराज पण्डितले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परिक्षण साउन २३ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।

अन्य

भिडियो