INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार समितिबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मत पास

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकको मस्यौदा तयार पारी सर्वसम्मत पास गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्षनेता समक्ष सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा संसदीय कार्यदल तहमा भएको समझदारीको प्रतिवेदन बुझाएको भोलिपल्ट नै समितिले विधेयकको संशोधन पास गरेको हो ।

प्रतिनिधिसभा सदस्य एवम् गृहमन्त्री रमेश लेखक, प्रतिनिधिसभा सदस्यद्वय महेशकुमार बर्तौला र जनार्दन शर्मा सम्मिलित कार्यदलले असार १६ गतेदेखि साउन १७ गतेसम्म पटकपटक छलफल गरी निश्कर्षमा पुगेको कार्यदलका सदस्य महेशकुमार बर्तौलाले बताउनु भएको छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पास गर्ने निर्णय गरेको हो ।

प्रस्तावमाथि छलफलपछि सभापति विमला सुवेदीले विधेयक सर्वसम्मत पास भएको बताउनु भएको छ । उहाँले प्रतिनिधिसभाको अब बस्ने बैठकमा प्रतिवेदन पेश गर्ने वातावरण बनाउन सभामुखलाई पत्र लेखेर आग्रह गरिने समेत जानकारी दिनुभएको छ ।

०७१ वैशाख २८ गते राजपत्रमा प्रकाशित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई ०७५ असार २० गते र ०७५ माघ २५ गते संशोधन गरिसकिएको छ ।

अन्य

भिडियो