INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जनकनन्दनी गाउँपालिका-१ का २४ वर्षीय राकेश मण्डलविरुद्ध पीडित पक्षले ०८१ साउन २१ गते इलाका प्रहरी कार्यालय खजुरीमा उजुरी दिनुभएको छ ।

काम छ भनि पीडितलाई साउन १९ गते आरोपितले आफ्नै घरमा बोलाई धाक धम्की दिई बलात्कार गरेको पीडितले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन २१ गते प्रादेशिक अस्पताल जनकपुरधाम भयो ।

घटनापश्चात आरोपित फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय खजुरीका वरिष्ठ हवल्दार गोविन्द चौधरीले जानकारी दिनुभयो ।

अन्य

भिडियो