३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नरहा गाउँपालिका–४ का २१ वर्षीय राहुल यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८१ साउन २० गते गिरफ्तार गरेको छ ।
आरोपितले महिलालाई ०८१ साउन १९ गते बलात्कार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय सिरहामा साउन २० गते उजुरी दिनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण साउन २० गते प्रादेशिक अस्पताल सिरहामा भयो ।
घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाका इन्सपेक्टर दिपक कुमार सिहंले बताउनु भयो ।