४० वर्षीया महिलालाई ०८१ साउन १९ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले डिलाशैनी गाउँपालिका–१ स्थित भवानीश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक गोविन्द खडायतलाई ०८१ साउन २१ गते गिरफ्तार गरेको छ ।
पीडितले दिनुभएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर बलराम पाण्डेयले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन २१ गते जिल्ला अस्पताल, बैतडीमा गरिएको इन्स्पेक्टर पाण्डेले जानकारी दिनु भयो ।