बाह्रविसे नगरपालिका—७ की ७१ वर्षीया रत्नकुमारी थापाको ०८१ साउन २० गते राती घरमा बसेको अवस्थामा अज्ञात पक्षले घाँटी थिचेर हत्या गरेको छ ।
पीडित रत्नकुमारी भोलिपल्ट बिहानसम्म पनि घरबाट बाहिर ननिस्किए पछि गाउँलेहरुले खोजतलास गर्दा घरभित्र शव फेला परेको थियो ।
पीडितको शवलाई पोष्टमार्टमको लागि काठमाडौँ स्थित शिक्षण अस्पताल लगेकोमा साउन २० गते नै पोष्टमाटैम गरी आफन्तले सत्गत गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी निरञ्जन भट्टराइले बताउनुभयो ।
मृतक रत्नकुमारीसँग भएको एक छोरा बैदेशिक रोजगारीको लागि बिदेश गएको, बुहारीको काठमाडौँ बसाई भएकोले घरमा एक्लै बसेकी पीडित महिलाको लुटपाट गर्ने उद्देश्यले हत्या गरिएको हुन सक्ने प्रारम्भिक अनुमान रहेको डिएसपी भट्टराइले बताउनुभयो ।
हत्यामा संलग्न ब्यक्तिहरू फरार रहेकोले अनुसन्धान तथा खोजि भइरहेको समेत डिएसपी भट्टराइले इन्सेक जिल्ला प्रतिनिधिलाई बताउनुभयो ।