१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा म्यागङ गाउँपालिका–३ घर भई विदुर नगरपालिका–९ बस्ने २२ वर्षीय रन्जित घलेलाई प्रहरीले ०८१ साउन २० गते गिरफ्तार गरेको छ ।
बालिकालाई साउन ११ गते विदुर नगरपालिका–१ मा रहेको एक होटेलमा लगेर बलात्कार गरेको आरोपमा पीडित बालिकाको आमाले साउन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन् ।
पीडित पक्षको उजुरीको आधारमा प्रहरीले आरोपित घलेलाई गिरफ्तार गरी अनुषन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी तिलक भारतीले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १८ गते त्रिशूली अस्पतालमा गरियो ।