सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले अदालतले जनताको अपेक्षा सम्बोधन गर्ने बताएका छन् । कातिक ६ गते पाँचथरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् ।
अदालतको काम ढिलासुस्ती हुने, समयमा न्याय नपाइने, विपन्न समुदायकाले अदालतमा पहुँच राख्न नसक्ने जस्ता समस्याहरूलाई समाधान गर्न आफूले प्रयास गरिरहेको उनले बताए ।
“अदालतप्रति जनताको जुन खाले अपेक्षा रहेको छ । हाल देखिएका समस्याहरूलाई समाधान गर्दै ती अपेक्षालाई हामी सम्बोधन गर्नेछौँ ।”-उनले भने ।