INSEC Online

📅 २०८३ जेष्ठ २१

उपचारका क्रममा कैदी फरार

उपचारका क्रममा कोशी अस्पतालबाट एक जना कैदी फरार भएको प्रहरीले जनाएको छ ।

जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका विराटनगर महानगरपालिका-८ का २४ वर्षीय आर्यन मोहमद अहमद खान फरार भएको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज कार्कीले बताउनु भयो ।

पेटमा समस्या भएको भनेपछि ०८१ साउन १५ गते कैदी खानलाई अस्पतालमा भर्ना गरिएको र साउन १७ गते विहान सवा ५ बजे शौचालयबाट निस्कने क्रममा सुरक्षामा खटिएका प्रहरीलाई लडाएर फरार भएको एसपी कार्कीले बताउनु भयो ।

फरार भएका खान भारततर्फ गएको शङ्का गरी प्रहरीले खोजी थालेको छ ।

बलात्कार मुद्दामा जिल्ला अदालतले ०७९ फागुन २९ गते १२ वर्ष कैद र ५ लाख रुपियाँ जरिबानाको फैसला गरेपछि फागुन २९ गतेदेखि खान कैद सजाय भुक्तान गर्दै आएका थिए ।

 

अन्य

भिडियो