१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा बेनी नगरपालिका– २ गौंस्वाराका ३४ वर्षीय विशाल बोहरालाई ०८१ साउन १५ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरीले गिरफ्तार गरेको छ ।
युवतीलाई आरोपितले जेठ २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १५ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले गिरफ्तार गरी जिल्ला अदालत म्याग्दीबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन १५ गते बेनी अस्पतालमा गरिएको छ ।