६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका–५ मार्मिङका ५८ वर्षीय डम्बल शेर्पालाई ०८१ साउन १४ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडितलाई ०८१ बैशाख १० गते स्थानीय पोटोले बनपाखामा घाँसकाट्न गएको अवस्थामा आरोपित शेर्पाले बलात्कार गरेको पीडितको आरोप छ ।
पीडितले ०८१ साउन १४ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी दिएको इलाका प्रहरी कार्यालय बाह्रविसे मुद्दा शाखाका अर्जुन चौधरीले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र, बाह्रविसेमा साउन १४ गते भयो ।